नेपाल ज्योति-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना बिमाबापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बिमा गरिएको छ ।
मन्त्री भट्टराई गत ८ असोजमा कोरोना संक्रमित भई करिब १० दिनपछि संक्रमण मुक्त भएका थिए । कोरोना बिमाबापत उनले बिमा कम्पनीबाट एक लाख रुपैयाँ पाएका थिए ।
प्रमुख स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार मन्त्री भट्टराईले यसअघि नै ताप्लेजुङ स्थायी ठेगाना भएका एक हजार दुई सय ७६ जनाको कोरोना बिमा गरिदिएका छन् । मन्त्री भट्टराईकै ८० प्रतिशत आर्थिक सहयोगमा नेकपा निकट प्रेस संगठन नेपालले ताप्लेजुङका ५० भन्दा बढी सञ्चारकर्मीको कोरोना बिमा गरिएको छ । मन्त्री भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन् ।