‘राजावादीहरूले आफुलाई राष्ट्रवादी चैं नभनून्’- बाबुराम भट्टराइ

  • प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार ०५:४१
  • समाचार सुत्र

नेपाल ज्योति-जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजावादीहरूले आफुलाई ’राष्ट्रवादी’ नभन्न आग्रह गरेका छन ।

शुक्रबार ट्वीट गर्दै भट्टराईले पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई राष्ट्रवादी चैं नभन्न आग्रह गरेका छन ।

“पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्।नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून्!” उनले लेखेका छन ।