काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख नजिक

  • प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार ०६:०१
  • समाचार सुत्र

नेपाल ज्योति -काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा ९७ हजार १५९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

जसमध्ये काठमाडौंमा ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ६४ हजार ७०, भक्तपुरमा ५ हजार ८६६ र ललितपुरमा ९ हजार ८९ जना निको भइसकेका छन् भने सक्रिय संक्रमित काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना रहेका छन् ।

यसैगरी हालसम्म काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाले ज्यान गुमाएका छन् ।