सदर चिडियाखाना खुल्ला

  • प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ०५:००
  • समाचार सुत्र

नेपाल ज्योति-
नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा आज देखिखुलेको छ ।

नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी  चिडियाखाना खुलेको हो ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । तर, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने र बालबालिकालाई खेलाउन नपाइने नियम छ ।

भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा सात सयदेखि आठ सय जनालाई मात्र चिडियाखाना प्रवेश गर्न दिइने छ । त्यसपछि अवलोकनकर्ताको संख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै संख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ ।