काठमाडौं-जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धि अध्यादेशको विरोध गरेका छन् ।
नेता भट्टराईले वलिदानमार्फत् स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त भन्ने प्रश्न गरेका छन् ।
मंगलबार उनले ट्वीटरमार्फत अर्को विनाशकारी अध्यादेश अघि नै संसद अभिवेशन बोलाउन माग गरेका हुन्।
उनले राष्ट्रपतिबाट संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि संवैधानिक आयोगलाई ओली परिषदको संज्ञा दिएका छन्।